Home बुलेट न्युज रामदेवलाई नेपालको सद्भावना दूत बन्न प्रस्ताव

रामदेवलाई नेपालको सद्भावना दूत बन्न प्रस्ताव

by ईलालटिन
0 comment

काठमाडौं ।  नेपाल पर्यटन बोर्डले नेपालको आध्यात्मिक र योग पर्यटन प्रवर्द्धन गर्न भारतीय योगगुरु रामदेवलाई पर्यटन सद्भावना दूत बन्न प्रस्ताव गरेको छ । नेपाल आएका भारतीय योग गुरु रामदेवलाई बोर्डले औपचारिक रुपमा यो प्रस्ताव गरेको हो । बोर्डले नेपालको आध्यात्मिक पर्यटन प्रवर्द्धनका लागि सद्भावना दूतको प्रस्ताव गरिएको बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा. धनञ्जय रेग्मीले जानकारी दिए । नेपालमा आध्यात्मिक तथा योग साधनाको प्रचुर सम्भावना रहेको सन्दर्भमा बोर्डले रामदेवसँग मिलेर नेपालको प्रवर्द्धनका लागि पहल गरिरहेको उनले बताए ।

‘हामीले विभिन्न ढंगले नेपालको पर्यटनलाई प्रर्वद्धन गरिरहकै छौं । नेपाललाई मुलतःसाहसिक पर्यटकीय गन्तव्यका रुपमा हेर्ने गरिएको छ । तर नेपाल साहसिक गन्तव्यका साथै संस्कृति, प्रकृति, र आध्यात्मिक पर्यटनको पनि संगम हो । यसलाई प्रवर्द्धन गर्न यो प्रयासले सहयोग पुग्ने हाम्रो विश्वास हो,’ उनले भने । यसैबीच योगगुरु रामदेव तथा आचार्य बालकृष्णसँग बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीबीच भएको भेटवार्तामा नेपालको आध्यात्मिक र योग पर्यटन प्रवर्द्धनलाई अगाडि बढाउने विषयमा छलफल भएको छ । योगगुरु रामदेवले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश भएको भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धनमा आफ्नो सधै सकारात्मक दृष्टिकोण रहको बताएका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com