127
जनकपुरधाम । प्रदेश नम्बर २ का नवनियुक्त दुई जना मन्त्रीले आज सपथ लिने भएका छन्।मुख्यमन्त्री लालबाबु राउतले नेकपा (एकीकृत समाजवादी)का शत्रुधन महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र प्रमोद यादवलाई कानुन, न्याय तथा प्रदेश मामिला मन्त्री नियुक्त गरेका थिए। उनीहरूलाई शनिबार नियुक्त गरिएको थियो। आज बिहान ९ बजे नवनियुक्त मन्त्रीहरूलाई सपथग्रहण गराउने कार्यक्रम छ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेस भवनस्थित कभर्ड हलमा मन्त्रीहरूलाई सपथ खुवाउने कार्यक्रम रहेको छ।भागबन्डा नमिल्दा नेकपा (एकीकृत समाजवादी) ढिलो गरी सरकारमा गएको हो। मुख्यमन्त्री राउत नेतृत्वको सरकार अब दुई तिहाइको शक्तिशाली बनेको छ। जसपा नेतृत्वको सरकारमा कांग्रेसका ३ मन्त्री छन् भने (नेकपा एकीकृत समाजवादी) का दुई र माओवादी केन्द्रका १ मन्त्री छन्। सेतोपाटी ।