काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश सभाको अधिवेशन सम्पन्न भएको छ । भक्तपुरका २ वटा निर्वाचन क्षेत्रका चार प्रदेश निर्वाचन क्षेत्रमा प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । निर्वाचन क्षेत्र न. १ प्रदेश सभा (क) को सभापतिमा जयन्द्र खड्का निर्वाचित भएका छन् भने उप सभापतिमा दिनेश अवाल र रमेश केसी लामिछाने विजयी भए ।
सचिवमा रोशन तिमिल्सिना र शिवहरि थापा, सहसचिवमा संजिव पुरी र सरिता थापा निर्वाचित भएको काँग्रेस भक्तपुरले जनाएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेश सभा (ख)मा शिवप्रसाद अवाल सभापतिमा निर्वाचित भएका छन् ।उप सभापतिमा राम कुमार फाँजु र गणेशलाल मुनकर्मी, सचिवमा भक्ति अवाल र रुमन श्रेष्ठ तथा सहसचिवमा सृजना नागा र झम्केश्वर गणेजु निर्वाचित भएका छन् ।
निर्वाचन क्षेत्र २ (क) प्रदेश निर्वाचन क्षेत्रका सभापतिमा प्रदिप कार्की निर्वाचित भएका हुन् । सो प्रदेश सभाको उप-सभापतिमा शशिकुमार न्यौपाने र भगवान खत्री निर्वाचित भए । सचिवमा राजाराम थापा र सुशीला ढुंगेल र सहसचिवमा दीप गिरी र रीता खत्री (कार्की) निर्वाचित भएका काँग्रेस भक्तपुरले जानकारी दिएको छ । निर्वाचन क्षेत्र २ न. (ख) प्रदेश सभामा ओम प्रकाश श्रेष्ठ सभापति पदमा निर्वाचित भएका छन् । सो प्रदेश सभाको उपसभापतिमा बच्चु कैलाश बुढाथोकी र राजेन्द्र चक्रधर निर्वाचित भए । सचिवमा प्रेमबहादुर कुट र बालकृष्ण श्रेष्ठ, सहसचिवमा शैलेश श्रेष्ठ र निराकार श्रेष्ठ निर्वाचित भएका छन् । रातोपाटी ।