Home समाचार रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु, ६ घाइते

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु, ६ घाइते

by ईलालटिन
0 comment

दाङ । रोल्पामा बिहीबार बेलुकी भएको बस दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको छ।घटनास्थलमै तीन जना पुरूष र एक महिला गरी चार जनाको मृत्यु भएको हो। रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले मृतकको सनाखत भइनसकेको सेतोपाटीलाई बताए। थप ६ जना घाइतेलाई उद्धार गरी सुनिल स्मृति अस्पताल घर्ती गाउँमा पुर्‍याएको डिएसपी सुवेदीले बताए।

उनका अनुसार दाङको घोराहीबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजे दुर्घटना हुँदा झन्डै एक सय मिटर तल माडी खोलामा खसेको हो।  शहीद मार्ग अन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलास्थित माडी खोलामा बस खसेको छ।दुर्घटनास्थलभन्दा तीन किलो मिटर अगाडि रहेको प्रहरी चेक पोष्टका अनुसार बसमा १० जना यात्रु सवार रहेका थिए। त्यो बीचमा अरू कोही यात्रु थपिएको वा झरेको भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ।

घटनास्थल अँध्यारो भएको हुँदा अरू यात्रु पनि घाइते छन् कि भनेर खोजी कार्य जारी रहेको पनि डिएसपी सुवेदीले जानकारी दिए। दुर्घटनास्थलमा अझै एक जना महिला र एक जना पुरूषको शव निकाल्न सकिएको छैन। बसले च्यापेको अवस्थामा एक जना महिला र पुरूषको शव रहे पनि तत्काल ती शव निकाल्न सम्भव नरहेको घटनास्थलबाट गाउँपालिकाका वित्तीय अधिकृत ध्रुवराज न्यौपानेले जानकारी दिए। ‘यहाँ तत्काल यतिबेला डोजर आउन पनि सम्भव छैन,’ उनले भने, ‘त्यसैले बसले च्यापिएका शव निकाल्न तत्काल सम्भव छैन। दुर्घटनास्थलमा साँघुरो बाटो र घुम्ती भएका कारण चालकले मोड्न नसकेर बस खोलामा खसेको अनुमान गरिएको छ।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com