Home राजनीति काँग्रेस खोटाङको सभापतिमा चार नेता चुनावी मैदानमा

काँग्रेस खोटाङको सभापतिमा चार नेता चुनावी मैदानमा

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली काँग्रेस खोटाङको जिल्ला सभापतिमा चार जना नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । यही मङ्सिर–६ गते हुने सातौँ जिल्ला अधिवेशनका लागि पूर्वराज्यमन्त्री सर्वधन राई, पूर्वसभापति विष्णुकुमार राई, महासमिति सदस्य रविप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्रकुमार राई सभापति पदका लागि उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा उत्रिएका हुन्।

सभापतिका आकाङ्क्षी चारै नेताले आ–आफ्नो प्यानल (समूह) खडा गरेर फरकफरक समयमा सामाजिक सञ्जाल फेसबुकमार्फत सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गरेका नेताहरुले आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन आपसी भेटघाट, सामूहिक जमघट, छलफल र बैठकलाई तीव्रता दिएका छन् । पूर्वराज्यमन्त्री सर्वधनको प्यानलबाट उपसभापतिमा मनोज तिम्सिना, सचिवमा रोजन राई र सहसचिवमा ध्यानबहादुर राईको नाम टुङ्गिएको छ । पूर्वसभापति विष्णुकुमारको प्यानलबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समीर राई, सहसचिवमा साजन राई र शालिकराम बञ्जराले उम्मेदवारी घोषणा गरेका छन् ।

महाधिवेशन प्रतिनिधि भूपेन्द्रको समूहबाट उपसभापतिमा चन्द्रबहादुर थापा, सचिव श्यामकुमार राई र सहसचिवमा ध्यानबहादुर राईलाई अघि सारिएको छ । महासमिति सदस्य रविप्रकाशको भने प्यानल फाइनल हुन बाँकी छ । पूर्वराज्यमन्त्री सर्वधन र महाधिवेशन प्रतिनिधि भूपेन्द्रको प्यानलमा एक उपसभापति, एक सचिव र एक सहसचिवको पद भने रिक्त राखिएको छ । अन्य प्यानलसँग सहकार्य गर्ने रणनीतिस्वरूप केही पद रिक्त राखिएको समाचार स्रोतले बताएको छ । -पूर्वराज्यमन्त्री सर्वधन र महाधिवेशन प्रतिनिधि भूपेन्द्र दुवै प्यानलको सहसचिवमा ध्यानबहादुरको नाम राखेको पाइएको छ । क्षेत्रीय कार्यसमिति (प्रदेश)को अधिवेशनको नतिजा हेरेर बाँकी पदमा फरक टिमसँग सहकार्य गर्ने योजनासहित पद रिक्त राखिएको पूर्वराज्यमन्त्री राईको प्यानलबाट सचिवका उम्मेदवार बन्नुभएका नेता रोजन राईले बताए ।

क्षेत्रीय अधिवेशनपछि अन्य प्यानलसँग मिल्ने अवस्था आए सहकार्य गरिने चारवटै समूहका नेताहरुले बताएका छन् । “मिल्ने अवस्था आए रिक्त पदमा अन्य समूहका नेतालाई राखिन्छ, मिल्ने अवस्था नभए आफ्नै प्यानल तयार हुन्छ”, भूपेन्द्रको प्यानलमा रहेका जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्टले भने, “अन्य समूहसँग सहकार्य हुने÷नहुने टुङ्गो भोलि हुने क्षेत्रीय कार्यसमितिको अधिवेशनपछि लाग्छ । पूर्वराज्यमन्त्री सर्वधन र महासमिति सदस्य रविप्रकाश केन्द्रमा सभापति शेरबहादुर देउवासँग नजिक मानिन्छन् । पूर्वसभापति विष्णुकुमार रामचन्द्र पौडेल र महाधिवेशन प्रतिनिधि भूपेन्द्र कृष्ण सिटौलासँग नजिक मानिन्छन्।

अहिले काँग्रेसको जिल्ला अधिवेशनमा प्रदेश (क)बाट ७०३ र (ख)बाट ७०३ गरी जम्मा जम्मा एक हजार ४०६ जना प्रतिनिधिको सहभागी हुनेछन् । तीमध्ये नेपाली काँग्रेसको विधानअनुसार जम्मा मतदाता सङ्ख्याको ५१ प्रतिशत अर्थात् ७१८ मत ल्याएमा मात्र जिल्ला सभापति हुन पाइन्छ ।  -काँग्रेस स्रोतका अनुसार अहिले खोटाङमा देउवा र पौडेल पक्षका मतदाता क-म रहेका छन् । देउवा–पौडेल पक्षका प्रतिनिधि गाउँ अधिवेशनमै धेरै छेकिएका छन् । अहिले सबै ठाउँबाट करिब ८० प्रतिशत प्रतिनिधि युवा आएका छन् । कोइराला समूहबाट जितेर आएका एक प्रतिनिधिले अबको अधिवेशनमा सभापतिलगायत पदाधिकारीको नेतृत्व युवाको काँधमा आओस् भन्ने रहेको बताएका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com