Home विश्व/प्रवास भारतको छत्तीसगढमा प्रहरीले हाने एके-४७ बाट आफ्नै साथीहरूमाथि गोली, ४ जनाको मृत्यु

भारतको छत्तीसगढमा प्रहरीले हाने एके-४७ बाट आफ्नै साथीहरूमाथि गोली, ४ जनाको मृत्यु

by ईलालटिन
0 comment

रायपुर । भारतीय राज्य छत्तीसगढमा एक प्रहरीले आफ्नै साथीहरूमाथि गोली हानेका छन्। हिन्दुस्तान टाइम्सका अनुसार सिक्मा जिल्लामा रहेको सेन्ट्रल रिजर्भ पुलिस फोर्सको क्याम्पमा सोमबार बिहान साढे ३ बजेतिर एके-४७ राइफलबाट गोली चलेको थियो। यो ठाउँ प्रदेश राजधानी रायपुरबाट ४ सय किलोमिटर टाढा छ।

गोली लागेर चार जना प्रहरीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। आफ्नै साथीहरूमाथि गोली बर्साउने प्रहरीलाई हिरासतमा लिइएको छ। उनले किन गोली हानेका हुन् भन्नेबारे प्रहरीले सोधपुछ गरिरहेको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com