Home समाचार जनगणनामा पुर्खाको भाषा संस्कृत लेख्न गुरुकुल शिक्षा परिषद्को आह्वान

जनगणनामा पुर्खाको भाषा संस्कृत लेख्न गुरुकुल शिक्षा परिषद्को आह्वान

by ईलालटिन
0 comment

काठमाडौं ।  राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा पुर्खाको भाषा संस्कृत र मातृभाषा संस्कृत लेख्न आह्वान गरेको छ । पूर्वीय दर्शनका प्राचीन ग्रन्थहरु लेखिएको नेपाल भूमि र लेख्ने हाम्रा पुर्खा भएकाले पुर्खाको मातृ भाषा संस्कृत लेख्न परिषद्ले विज्ञप्तिमार्फत आह्वान गरेको हो । नेपाल उत्पत्तिकालदेखि नै ऋषि महर्षिको तपोभूमि हुनुका साथै सनातन सभ्यताको सुरुआत् यसै धराधामबाट भएकाले यसको प्राचीन चिनारीमा फर्कन परिषद्को अनुरोध छ ।

पुर्खाले संसारलाई ज्ञानको चेतनासँगै संस्कृत भाषाको प्रकाशले आलोकित गराएकाले गौरव गान भाषा र धर्मबाट नै स्थापित गर्न सकिने परिषद्का अध्यक्ष स्वामी केशवानन्द गिरि र महासचिव डा श्रीराम अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पुर्खाको भाषामा संस्कृत (कोड ७९) र मातृभाषामा संस्कृत (कोड ७९) लेख्नुपर्ने परिषद्को आह्वान छ । मातृभाषा संस्कृत विश्वविद्यालय, संस्कृत गुरुकुलम्, संस्कृत माध्यमिक विद्यालय, संस्कृत सङ्घसङ्गठनका संस्कृत भाषी प्राध्यापक, शिक्षक, विद्यार्थी, कर्मचारी, संस्कृत भाषी पीठाधीश, मठाधीश, धर्माचार्य, वेदवेदान्तका व्याख्याता–अध्येता, कथावाचक व्यास, पण्डित पुरोहित, ज्योतिष आदिलाई पुर्खाको भाषा र मातृ भाषा दुवैमा संस्कृत लेख्न परिषद्ले आह्वान गरेको हो ।

यसैगरी दोस्रो भाषामा नेपाली (कोड १), धर्ममा हिन्दु (कोड १)लेख्न परिषद्ले सुझाएको हो । संस्कृत नजान्नेले पुर्खाका भाषामा संस्कृत (कोड ७९), मातृ भाषामा नेपाली (कोड १) र दोस्रो भाषामा संस्कृत (कोड ७९) लेख्न परिषद्ले अनुरोध गरेको छ । स्थानीय सम्पर्क भाषा नेपाली स्वदेशमै उत्पन्न भएको लेख्न र धर्ममा हिन्दु (कोड १) लेख्न विज्ञप्तिमा आग्रह गरिएको छ ।रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com