Home विशेष भारतीय दूतावासले पशुपतिदेखि काशीसम्म मोटरसाइकल र्‍याली गर्ने

भारतीय दूतावासले पशुपतिदेखि काशीसम्म मोटरसाइकल र्‍याली गर्ने

by ईलालटिन
0 comment

काठमाडौं। नेपाल र भारतबीच साँस्कृतिक सम्बन्ध स्थापित गर्नका लागि नेपालस्थित भारतीय दूतावासले पशुपतिनाथदेखि भारतको काशी विश्वनाथसम्म मोटरसाइकल र्याली गर्ने भएको छ । दूतावासका अनुसार कात्तिक २५ गते बिहान पशुपतिबाट मोटरसाइकल र्याली निस्कनेछ । भारत उत्तर प्रदेशको बनारसमा रहेको काशी विश्वनाथसम्म सो मोटरसाइकल र्याली पुग्नेछ । मोटरसाइकल र्‍यालीमा नेपाल र भारतका गरी करिब ५० जना युवा रहनेछन् । यसमा अधिकांश नेपाली युवा नै रहनेछन् ।

भारतका भने केही युवाहरु मात्र सहभागी हुने दूतावासले जनाएको छ । कात्तिक २५ गते हिँडेको मोटरसाइकल र्याली २७ गते बनारस पुग्ने बताइएको छ । नेपाल र भारतबीच सदियौंदेखि रहँदै आएको साँस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको भारतीय दूतावासले जनाएको छ । यो कार्यक्रमले दुई देशको सम्बन्ध अझ बलियो हुने विश्वास दूतावासले लिएको छ । र्‍यालीको उद्घाटन कसले गर्ने भन्ने विषयमा भने छलफलहरु चलिरहेको दूतावासले जनाएको छ ।  रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com