Home बुलेट न्युज पर्वतमा सार्वजनिक सवारीसाधन पूर्ण रुपमा निषेध गरिने

पर्वतमा सार्वजनिक सवारीसाधन पूर्ण रुपमा निषेध गरिने

by ईलालटिन
0 comment
#पर्वत

पर्वत। छिमेकी जिल्ला बाग्लङ्ग र म्याग्दीमा कोरोनाको लक्षण समुदायस्तरमा देखिन थालेसँगै पर्वतमा सतर्कता अपनाउँदै आज रातीदेखि सार्वजनिक सवारीसाधनमा पूण निषेध गरिनेछ ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा सोमवार विहान बसेको सर्वपक्षिय, सवैदलिय बैठकले आज राती १२ बजेदेखि लागु हुने गरी सार्वजनिक यातायातका साधनहरु पुर्णरुपमा बन्द गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

खाद्यान्न र अत्यावश्यक सामाग्री लिएर आउने गाडीमा भने सवारी चालक र सहचालकलाई मात्र जिल्ला भित्रन अनुमती दिईने छ । वैठकले जिल्लाका ग्रामीण क्षेत्रमा पनि खाद्यान्न र अन्य तरकारी फलफुल बोकेका गाडी बाहेक यात्रुबहाक बस र जीपलाई पनि एक साता बन्द गर्ने निणर्य भएको सिसीएमसी पर्वतले जनाएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com