काठमाडौं । गृह मन्त्रालयले परिचय पत्र नभएका व्यक्तिहरूलाई घर भाडामा नदिन भनेको छ। विदेशी नागरिकहरू परिचयपत्र लुकाएर अनधिकृत रूपमा नेपालमा बसोबास गरिरहेको भन्दै मन्त्रालयले परिचयपत्र नभएका व्यक्तिहरूलाई भाडामा नदिन अनुरोध गरेको हो। मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै अनुरोध गरेको हो।
पछिल्ला केही दिनका घटनाबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएको छ,’मन्त्रालयले भनेको छ,’ पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिहरूलाई घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरूलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ।’
साथै, पहिचान नखुलेका विदेशी नागरिकहरू देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ। सोमबार काठमाडौंको सिनामंगलबाट ११ जना अफगान नागरिकलाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरीले -पक्राउ गरेको थियो। रातोपाटी ।