Home विशेष प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच चुनाव केन्द्रित छलफल

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच चुनाव केन्द्रित छलफल

by ईलालटिन
0 comment

काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीले आगामी चुनावबारे केन्द्रित रहेर प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन्। आउँदो फागुन २१ बाट रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचनको मिति तोक्नेलगायत विषयमा आज छलफल भएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, ऊर्जामन्त्री पम्फा भुसाल, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुलगायतसँग छलफल गरेका थिए।

स्थानीय तहको निर्वाचनबारे पनि आज कुराकानी भएको थियो। आयोगले चैतभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएको थियो। साथै प्रतिनिधि सभामा रिक्त चार सदस्य, प्रदेश सभामा रिक्त १८ सदस्य पदमा उपनिर्वाचन गर्नेबारे पनि छलफल भएको आयोगले जनाएको छ। प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा रिक्त हुने सदस्य पदका लागि निर्वाचन गर्ने मिति नेपाल सरकारले छिट्टै तोक्ने बताएका थिए।  सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com