Home समाचार नेपालले हिन्दूत्वको प्रतिनिधित्व गर्नुपर्छ : शङ्कराचार्य

नेपालले हिन्दूत्वको प्रतिनिधित्व गर्नुपर्छ : शङ्कराचार्य

by ईलालटिन
0 comment

रुपन्देही । भारतको उडिसा राज्यको जगन्नाथपुरीस्थित गोबद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले नेपालमा हिन्दूत्वको प्रतिनिधित्व आवश्यक भएको बताएका छन् । भैरहवामा आयोजित धर्मसभालाई सम्बोधन गर्दै शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले भने, “हिन्दूत्वको प्रतिनिधित्व हुन आवश्यक छ, त्यसो नभए समस्या भइरहन्छ ।

उनले नेपाललाई हिन्दू राष्ट्रका रूपमा पुनःस्थापित गर्नुपर्नेमा जोड दिए । नेपालको सुरक्षाका लागि पनि हिन्दू राष्ट्र जरुरी रहेको उनको दाबी छ । भैरहवाको महेन्द्र सभागृहको सभाहलमा आयोजित धर्मसभालाई सम्बोधन गर्दै श्रीनिश्चलानन्दलले नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, बर्मा, भुटान र तिब्बतको हिस्सा हुँदै मानसरोबरसम्म हिन्दूत्वको प्रभाव बढाउने पनि बताए । उनले भने, “पूरा एसिया महाद्वीप हिन्दू राष्ट्रका रूपमा स्थापित हुनेछ ।”

श्रीनिश्चलानन्दले सनातन आर्य बैदिक हिन्दूलाई मान्ने हरेक व्यक्ति ज्ञानबाट आरक्षित र दुव्र्यसनबाट मुक्त र आर्थिकरूपले पनि सम्पन्नशाली हुँदै जाने बताए। उनले पूरा विश्व अर्थको लागि क्रान्ति गरिरहेको छ भन्दै आर्थिक विपन्नता हटाउने माध्ययम नै सनातन आर्य -बैदिक हिन्दूत्वको अङ्गीकार भएको बताए। नेपालका धर्मगुरुहरुको उपस्थिति रहेको उक्त धर्मसभामा शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दलाई सम्मानसमेत गरिएको थियो । कृष्णप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न धर्मसभामा शङ्कर खराल, डा. चिन्तामणि योगी, व्यासआचार्य किशोर गौतमले नेपालको धार्मिक अवस्थाका बारेमा आफ्ना धारणा राखेका थिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com