Home राजनीति मकवानपुरमा एमालेको पालिका अधिवेशन १३ गते मात्र हुने

मकवानपुरमा एमालेको पालिका अधिवेशन १३ गते मात्र हुने

by ईलालटिन
0 comment

मकवानपुर । नेकपा एमाले मकवानपुरको पालिका अधिवेशन आगामी कात्तिक १३ गतेका लागि सारिएको छ । आन्तरिक व्यवस्थापकीय तयारी नपुगेकाले नेकपा एमाले मकवानपुरले पालिका अधिवेशन १३ गते शनिबारका लागि सरेको जनाएको छ । केही व्यवस्थापकीय तयारी नपुगेका कारण आजका लागि तोकिएको पालिका अधिवेशन सार्नुपर्ने अवस्था आएको नेकपा एमाले मकवानपुरका अध्यक्ष बद्री प्रसाद लम्सालले बताए ।

  उनका अनुसार जिल्लाको केही वडाको अधिवेशन पनि गर्न बाँकी रहेको र पालिका अधिवेशनको तयारीमा केही समय लाग्ने भएकाले केन्द्रीय नेतृत्वसँगको छलफलबाट आजको हुने भनिएको पालिका अधिवेशन सारिएको हो ।हामीले अधिकांश वडामा कात्तिक ६ गते नै अधिवेशन सम्पन्न गरिसकेका छौ । केही वडामा आगामी १० गते भित्र अधिवेशन सम्पन्न हुनेछ । पालिकाको केही व्यवस्थापकीय तयारी गर्नुपर्ने हुन्छ त्यसैले आज गर्ने भनिएको पालिका अधिवेशन केन्द्रीय नेतृत्वसँगको सल्लाहमा १३ गतेका लागि सारिएको हो ।

उनले रातोपाटीसँग भने । जिल्लामा उद्योगी व्यवसायीहरूको संगठन उद्योग वाणिज्य संघ मकवानपुरको निर्वाचन कार्यक्रम रहेकोले पनि जिल्लाको अधिकांश पालिकाका सदस्यहरू संघको निर्वाचन प्रक्रियामा भाग लिन भएकाले अधिवेशनलाई १३ गते लाई राखिएको नेकपा एमाले मकवानपुरले जनाएको छ । आगामी १३ गते जिल्लाका १० वटै स्थानीय तहमा एकै पटक पालिका अधिवेशन सम्पन्न गर्ने तयारी स्वरूप नेकपा एमाले सक्रिय रूपमा काम मा लागेको उनले बताए । वडा अधिवेशनमा सहभागी भएका १० हजार ५ सय सङ्गठित सदस्यहरूले छानेका प्रतिनिधिहरू पालिका अधिवेशनमा सहभागी हुने उनको भनाई छ ।

प्रतिनिधि छनौटको लागि स्थानीय पालिकाहरूले कार्यविधि निर्माण गरी प्रत्येक वडाबाट समावेशी तरिकाबाट पालिका अधिवेशनमा प्रतिनिधिमा प्रतिनिधि पठाइने अध्यक्ष लम्सालले बताए । नेकपा एमालेले पालिका अधिवेशनबाट मकवानपुरको हेटौँडा उपमहानगरपालिकाबाट ८५ सदस्यीय नगर कमिटीलाई नेतृत्व प्रदान गर्नेछ भने, एक नगरपालिका र ८ गाउँपालिकामा ७५ सदस्यीय कमिटी चयन हुने अध्यक्ष लम्सालले बताए । सम्भव रहेसम्म सबै पालिकामा सर्वसम्मत रूपमा नेतृत्व प्रदान गर्ने गरी छलफल भइरहेको उनले बताए । सर्वसम्मत नेतृत्व प्रदान गर्न नसकेको खण्डमा भने निर्वाचन प्रक्रियाबाट नेतृत्व छनौट हुने उनको भनाई छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com