Home none भीम बिक हत्याकाण्डका विषयमा दलित सङ्घ पर्वतको सिडिओलाई ज्ञापन पत्र

भीम बिक हत्याकाण्डका विषयमा दलित सङ्घ पर्वतको सिडिओलाई ज्ञापन पत्र

by ईलालटिन
0 comment

पर्वत । गएको असोज २८ गते चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं ४ निवासी ५८ वर्षीय भीम बहादुर विश्वकर्मालाई स्थानीय दुर्गा मन्दिरमा दलित समुदायले पूजा गर्ने र बली चढाउने विषयलाई लिएर उठाएको प्रश्नमा विवादको रूप लिई स्थानीय छिमेकीहरू सिताराम बस्नेत र दिलीप श्रेष्ठले कुटपिट गरी भीम बहादुर विश्वकर्माको हत्या गरिएकोप्रति नेपाल दलित सङ्घ पर्वतको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

सोमबार दलितसंघका पदाधिकारी तथा अधिकारकर्मीहरूले उक्त घटनामा संलग्न दोषीलाई चाँडो कारबाही गर्न तथा पीडित पक्षलाई तत्काल उचित क्षतिपूर्ति उपलब्ध गराउन पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे मार्फत ज्ञापन पत्र बुझाएका छन् ।

नेपालको हरेक नागरिक सरह दलित समुदायले पनि आफ्नो धार्मिक आस्था र संस्कृतिलाई निर्बाध रूपमा प्रयोग गर्न पाउने अधिकार माथि नै धावा बोल्ने र हिन्दु धर्मका नाममा गरिने यस्तो निन्दनीय र पाशविक घटनाले समग्र दलित समुदायमा गहिरो चोट पुगेको ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्र बुझाउन नेपाल दलित सङ्घ पर्वतका अध्यक्ष याम परियार शिव, दलितसंघका निवर्तमान अध्यक्ष जित बहादुर नेपाली, मानव अधिकारकर्मी प्रेम विश्वकर्मा, ठाकुर रसाइली , साजन परियार, बेल बहादुर नेपाली लगायत सहभागी थिए ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com