Home विश्व/प्रवास चीनले लगाउन थाल्यो कोरोना खोपको बुस्टर डोज

चीनले लगाउन थाल्यो कोरोना खोपको बुस्टर डोज

by ईलालटिन
0 comment

बेइजिङ ।  चीनले कोरोनाभाइरसविरूद्ध आफ्ना नागरिकलाई खोपको बुस्टर डोज लगाउन सुरू गरेको छ। साउथ चाइना मर्निङ पोष्टका अनुसार ६ महिनाअघि कोरोना खोपका दुबै डोज लगाएकाहरूलाई तेस्रो डोज खोप लगाउन थालिएको हो। झन्डै ८० प्रतिशत जनसंख्यालाई खोप लगाइसकेको र कोरोनाभाइरसविरुद्ध खोपको प्रतिरक्षा क्षमता घट्दै गएकाले बुस्टर डोजका रूपमा तेस्रो डोज खोप लगाउन थालिएको अधिकारीहरू जनाएका छन्।

बुस्टर डोजका लागि चीनका विभिन्न प्रान्तहरूमा फरक-फरक मापदण्ड बनाइएका छन्। केही ठाउँमा ६० वर्षमूनिका र संवेदनशील समूहका व्यक्तिहरूलाई  बुस्टर डोज दिन थालिएको छ भने कहीँ सबैले बुस्टर डोज लगाउन पाउने व्यवस्था गरिएको छ।चीनले आफ्ना नागरिकलाई आफ्नो देशमा बनेका खोपमात्र लगाएको थियो। चीनमा बनेका सबै खोप दुई डोज लगाउनु पर्ने छन्।

चीनमा बनेका विभिन्न खोप लगाएका चिनियाँहरूले बुस्टर डोज लगाउन थालेपछि चिनियाँ खोप लगाएका अन्य मुलुकका मानिसलाई पनि बुस्टर डोज दिनुपर्ने आवश्यकता देखिएको छ। चीनले अहिलेसम्म १ अर्ब ३० करोड डोज भ्याक्सिन विभिन्न मुलुकलाई बेचेको छ भने ८ करोड १० लाख डोज अनुदानमा दिएको छ। नेपालले पनि चीनबाट लाखौं डोज भ्याक्सिन किनेको छ भने केही लाख डोज चीनले अनुदानमा दिएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com