Home समाचार बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई कांग्रेसले २५ हजार दिने

बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई कांग्रेसले २५ हजार दिने

by ईलालटिन
0 comment

काठमाडौं  । नेपाली कांग्रेसले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रूपैयाँ उपलब्ध गराउने भएको छ। पार्टीको बाढीपहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजारका दरले आर्थिक सहयोग दिने बताएको हो।

संयोजक मोहनबहादुर बस्नेतले विज्ञप्ति निकालेर बाढीपहिरोमा परेर मृत्यु भएका प्रति मृतक परिवार २५ हजार राहत उपलब्ध गराइने उल्लेख गरेका छन्। कांग्रेसले यसअघि पनि विपदमा परेर मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको थियो। बाढीपहिरो पीडितको उद्धार तथा राहतमा जुट्न पनि संयोजक बस्नेतले आग्रह गरेका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com