पर्वत । कुश्मा नगरपालिका पर्वतले नेपाली फुटबल टिमलाई नगद सहयोगको घोषणा गरेको छ । साफ च्याम्पियनसिपको फारुइनल पुगेको भन्दै नेपाली फुटबल टिमलाई नगद दुई लाख रुपैयाँ सहयोग गर्ने कुश्मा नगरपालिकाले घोषणा गरेको हो ।
“नेपाली फुटबल टिम ऐतिहासिकरुपमा पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरी भारतसँग उपविजेताको रुपमा शान्दार प्रदर्शन गर्दै नेपाली फुटबल क्षेत्रको उन्नयनका लागि उत्कृष्ट योगदान पुर्याएकोमा सम्मानस्वरुप नेपाली फुटबल टिमको लागि कुश्मा नगरपालिका, पर्वतको तर्फबाट नगद रु दुई लाख प्रदान गर्ने घोषणा गरेको छु,” कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले भनेका छन् ।
पहिलो संस्करणदेखि १३औँ संस्करणसम्म आइपुग्दा नेपालले कहिल्यैपनि सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेको थिएन । धेरैपटक नेपाल प्रतियोगिताको समूह चरणमै सीमित भएको थियो । तर, यसपटक भने नेपाल पहिलो पल्ट फाइनलमा स्थान बनाउन सफल भयो ।