Home समाचार नुवाकोटको किस्पाङमा बस दुर्घटना, २० जनाभन्दा बढी घाइते

नुवाकोटको किस्पाङमा बस दुर्घटना, २० जनाभन्दा बढी घाइते

by ईलालटिन
0 comment

नुवाकोट । नुवाकोटको किस्पाङमा सोमबार बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्री घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका अनुसार घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ ।

काउलेबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ५७६२ नम्बरको बस किस्पाङ गाउँपालिका–५, माने गाउँमा दुर्घटना भएको हो । बस अनियन्त्रित भई पहाडको भित्तामा ठोकिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना लगत्तै घाइतेहरुको उद्धार गरी त्रिशूली अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com