Home अर्थ/वाणिज्य मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल

by ईलालटिन
0 comment

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणको लागि चार करोड  रूपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गर्ने भएकाे छ । कम्पनीकाे आईपीओ निश्काशनकाे लागि मेगा क्यापिटल मार्केट्स धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।  शेयर निष्काशन सम्बन्धि सम्झाैतापत्रमा मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

वि.स. २०७५ सालमा १ अर्व अधिकृत पुँजि र ४० करोड जारी पुँजि सहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो । सम्झौता अनुसार यहि वर्षको चैत्र मसान्त भित्र निष्काशनको सवै प्रकृया पुरा गरी जारी गर्ने कम्पनीकाे लक्ष्य लिएको छ । आवश्यकता अनुसार मुक्तिनाथ कृषि कम्पनीले जारी पुँजि बढाएर धेरै भन्दा धेरै सर्वसाधारणलाई जोड्ने उद्धेश्य लिएको पनि बताइएकाे छ । कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले नीजि क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्काशन पहिलो हुने कम्पनीले जनाएकाे छ  ।

यो शुरुवातसंगै संस्थागत रुपमा विकास हुन नसकेको कृषि क्षेत्रलाई थप परिस्कृत र लगानीको केन्द्र बनाई संस्थागत विकास र अन्य नयाँ पब्लिक कम्पनीको आगमनको लागि कोशेढुङगा सावित हुने मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरत-राज ढकालले बताए। -विभिन्न उद्देश्यहरु प्राप्तिको लागि आफ्नो स्थापना काल देखि विभिन्न कृषि व्यवसायि, कृषक समुह तथा सहकारीहरुसंग सहकार्य गर्दे कृषकहरुलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादका साधनहरु, प्रविधि र वित्तिय पहुँचमा सहजिकरण कसरी गर्न सकिन्छ र कृषकहरुले उत्पादन गरेको उपजहरुलाई उपभोक्त समक्ष कसरी सहज, सुलभ र सुरक्षित रुपमा पुर्याउन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था, उत्पादक कम्पनीहरुसंग सहकार्य गर्दे देशका विभिन्न भु-भागमा कृषि पेशा गर्दे आइरहेका कृषकहरुलाई सहजिकरण गर्नको लागि सोहि अनुसार व्यवसायिक साझेदारी गरी व्यवसाय संचालन गर्दे आइरहेको छ । मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com