Home विशेष लुम्बिनीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

लुम्बिनीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

by ईलालटिन
0 comment

बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीलाई शपथ गराएका हुन्।

यसअघि माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादीको गठबन्धनको सरकार बनेको थियो। १३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। पछि ६ वटा मन्त्रालय थप गरि १३ वटा मन्त्रालय पुर्‍याईएको हो।

आइतबार शपथ लिनेहरू

नेपाली कांग्रेसबाट

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री- वीरबहादुर राना (पाल्पा)

वन वातावरण तथा भूसंरक्षण मन्त्री- सुरेन्द्र हमाल (बाँके)

शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री- वसिउद्दिन खाँ (रुपन्देही)

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री-अर्जुनकुमार श्रेष्ठ

पर्यटन राज्यमन्त्री-रिना नेपाल विक

माओवादी केन्द्रबाट

स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री – इन्द्रजित थारु (दाङ)

आन्तरिक मामिला तथा सञ्चारमन्त्री- तिलकराम शर्मा (बर्दिया)

स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री- विमला खत्री वली (दाङ) सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com