Home अर्थ/वाणिज्य सुनको भाउ लगातार तेश्रो दिन पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ लगातार तेश्रो दिन पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

by ईलालटिन
0 comment

काठमाडौं ।  सुनको भाउ लगातार तेश्रो दिन बढेको छ । असोज २४ गते, आइतबार सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ तोकिएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९० हजार २५० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन सुन तोलामा २०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । साताको पहिलो कारोबार दिन चाँदीको भाउ पनि सामान्य रुपमा बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार १७५ रुपैयाँमा किनबेच हुँदैछ । शुक्रबार चाँदीको भाउ स्थिर रही प्रतितोला एक हजार १७० रुपैयाँ काय रहेको थियाे । मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com