Home समाचार दुई लाख बढी रुपैयाँसहित १२ जुवाडे पक्राउ

दुई लाख बढी रुपैयाँसहित १२ जुवाडे पक्राउ

by ईलालटिन
0 comment

दाङ । दुई लाख बढी रकमसहित घोराही उपमहानगरपालिका वडा नं. ९ दुबीचौरबाट १२ जुवाडे पक्राउ परेका छन्। स्थानीय श्यामलाल चौधरीको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले शनिबार बिहान एक बजे दुई लाख सात हजार बढी रकमसहित १२ जनालाई पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।

चौधरीको घरमा अवैध रूपमा जुवा भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी नायब निरीक्षक प्रदीप खनालको कमाण्डमा पुगेको दश जनाको प्रहरी टोलीले शनिबार मध्यरातमा छापा मारेर उनीहरूलाई पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले बताए। जुवाडे पक्राउ परेको सूचना प्रहरीले आइतबारमात्रै सार्वजनकि गरेको हो। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com