Home बुलेट न्युज बागमतीमा प्रदेश सभा बैठक बस्दै, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने

बागमतीमा प्रदेश सभा बैठक बस्दै, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने

by ईलालटिन
0 comment

काठमाडौं । बागमती प्रदेशमा आज प्रदेश सभाको बैठक बस्ने भएको छ। आइतबार अपरान्ह ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने तयारी गरेकी छन्। बागमती प्रदेशकी आर्थिक मामिला मन्त्री रचना खड्काका अनुसार आज विश्वासको मत लिने प्रस्ताव संसदमा दर्ता भए पनि यसको छिनोफानो दसैंपछि हुनेछ।

‘आज प्रस्ताव दर्ता हुने हो। संसदीय प्रक्रियामा गएर मतदान भई छिनोफानो त दसैंपछि हुन्छ होला,’ खडकाले सेतोपाटीसँग भनिन्। संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गर्ने दल विभाजित भए त्यसको ३० दिनभित्र संसदबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने र उपधारा ३ मा तत्काल कायम रहेको संसदको बहुमतबाट पारित नभए मुख्यमन्त्री पदमुक्त हुने उल्लेख छ। नेकपा एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी) बनेको छ।

बागमती प्रदेश सभा एक सय नौ सदस्यीय छ। मुख्यमन्त्री शाक्यले विश्वासको मत जुटाउन ५५ जना सांसद चाहिन्छ। तर सत्तारूढ नेकपा एमालेसँग जम्मा ४३ जना सांसद छन्। मुख्यमन्त्री शाक्य अल्पमतमा छिन्। उनलाई १२ जना अन्य दलका सांसदले समर्थन गरे मात्रै उनले विश्वासको मत जुटाउन सक्छिन् तर अवस्था त्यस्तो छैन। विपक्षी गठबन्धनले बागमतीमा मुख्यमन्त्री परिवर्तन गर्ने भनेका छन्। शाक्य मुख्यमन्त्री भएको दुई महिना पनि पुगेको छैन। गठबन्धनमा रहेका दलहरूका सांसद बागमतीमा पनि धेरै छन्। नेपाली कांग्रेसका २२, नेकपा माओवादी केन्द्रका २३, नेकपा (एकीकृत समाजवादी) को १३ सांसद छन्।

विवेकशील साझा पार्टीबाट तीन, नेपाल मजदुर किसान पार्टीका २, राप्रपा २ र स्वतन्त्र एक सांसद पनि छन्। विपक्षी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डे मुख्यमन्त्रीका रूपमा अघि सर्ने तयारीमा छन्। उनलाई विपक्षी गठबन्धनका दलबाट साथ रहने देखिएको छ। केही दिनअघि केन्द्रमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरूको बैठकमा नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश १ र बागमतीमा मुख्यमन्त्री दिने सहमति भएको थियो।  सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com