Home बुलेट न्युज १२ हजार ३१ मा कोरोना परीक्षण गर्दा सात सय ६० लाई संक्रमण

१२ हजार ३१ मा कोरोना परीक्षण गर्दा सात सय ६० लाई संक्रमण

by ईलालटिन
0 comment

काठमाडौं । नेपालमा थप सात सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जनसंख्या मन्त्रालयका अनुसार शनिबार सात सय ६० जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १२ हजार ३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ६ हजार एक सय ६८ जनाको पिसिआर परीक्षण र  ५ हजार ८ सय ६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल १५ हजार ३४०  जना सक्रिय संक्रमित छन्। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको छ। ८९९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.७ प्रतिशत छ। त्यस्तै काठमाडौं उपत्यकामा थप २२७ जना संक्रमित थपिएका छन्। काठमाडौंमा एक सय ४५ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ५७ संक्रमित थपिएका हुन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com