Home विश्व/प्रवास साफ च्याम्पियनसिपमा आज नेपाल र भारत भिडन्त

साफ च्याम्पियनसिपमा आज नेपाल र भारत भिडन्त

by ईलालटिन
0 comment

काठमाडौं ।  साफ च्याम्पियनसिप २०२१ मा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल माल्दिभ्सको राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ९:४५ बजे सुरू हुनेछ। माल्दिभ्समा जारी प्रतियोगितामा दुवै टिमले सुरूवाती दुई खेल खेलिसकेका छन्।  नेपालले खेलेका दुवै खेलमा जित हात पारेको छ। पहिलो खेलमा आयोजक माल्दिभ्समाथि १-० को जित निकाल्दै नेपालले प्रतियोगितामा सुखद् सुरूवात गरेको थियो।

दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ३-२ को जित हात पार्‍यो। नेपाल ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ। यता भारतले भने सुरूवाती दुई खेलमा जित निकाल्न सकेको छैन। पहिलो खेलमा १० खेलाडीमा सीमित बनेको बंगलादेशले भारतलाई १-१ गोलको बराबरीमा रोकेको थियो। दोस्रो खेलमा भारतलाई श्रीलंकाले गोलरहित बराबरीमा रोक्न सफल भयो। २ अंक जोडेको भारत अंक तालिकाको चौथो स्थानमा छ। भारतविरुद्धको आजको खेलमा जित हात पार्न सके नेपाल फाइनल पुग्नेछ। नेपालविरुद्ध हारेको अवस्थामा भने भारतको फाइनल यात्रा कठिन बन्न सक्छ।

भारत साफको सात पटकको च्याम्पियन भएकाले भारतविरूद्ध खेल्न कठिन हुने नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन्। तर उनले भारतविरुद्ध उत्कृष्ट खेल्ने अपेक्षा राखेको बताएका छन्। नेपाल र भारतबीच गत महिना दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल भएका थिए। पहिलो खेलमा १-१ गोलको बराबरीमा सकिदा दोस्रो खेलमा भारतले २-१ ले जित निकालेको थियो। नेपाल र भारतबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपाल २ खेलमा मात्र विजयी भएको छ। ५ खेल बराबरीमा सकिएका छन् भने १४ खेलमा नेपाल पराजित भएको छ।नेपालले भारतलाई सन् २०१३ देखि हराउन सकेको छैन। सन् २०१३ मा नेपालमा भएको साफमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो। त्यसयता भारतविरुद्ध खेलेका ७ मध्ये नेपाल ५ खेलमा पराजित भएको छ भने २ खेल बराबरीमा सकिएका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com