Home विशेष रावल भए कांग्रेस बाजुरा सभापति

रावल भए कांग्रेस बाजुरा सभापति

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली कांग्रेस बाजुरा सभापतिमा रामसिंह रावल निर्वाचित भएका छन्। गए राति आएको मतपरिणामअनुसार रावलले ६०५ मतसहित विजयी भए भने अर्का उम्मेदवार कविराज पण्डितले ५६६ मत मात्रै ल्याएका थिए। निर्वाचन अधिकृत सन्तोष भण्डारीका अनुसार कूल ११८२ मत खसेकोमा ११७१ मत सदर र ११ मत बदर भएको थियो।

सभापतिमा विजयी भएका रावल कांग्रेस नेता बद्री पाण्डेनिकट हुन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मानिन्छन्। यस्तै बाजुरा उपसभापतिमा पदम बडुवाल र नारायण पाध्याय निर्वाचित भएका छन्। सचिवमा तिलक पुरी, भरतबहादुर रोकाया निर्वाचित भए भने सहसचिवमा सुरेन्द्रबहादुर सिंह र कृष्णराज पाध्याय निर्वाचित भएको नेता योगेन्द्र रावलले जानकारी दिए। कांग्रेसले अहिलेसम्म १२ जिल्लामा जिल्ला अधिवेशन सकेको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com