Home विशेष चीनबाट आयात भएका सामग्रीको परीक्षण हुँदै

चीनबाट आयात भएका सामग्रीको परीक्षण हुँदै

by ईलालटिन
0 comment

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परिक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको छ । बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने अभिप्रायले भन्सार परीक्षणलाई तीव्ररूपमा अगाडि बढाइएको हो ।

दैनिकरूपमा आयात हुने सामग्रीलाई टिमुरेस्थित भोटेकोसी खोलाबगरमा रहेको भन्सार हाताभित्र पल्टाइ परीक्षण गर्ने गरिएको छ । खोलाबगरको चिसो हावा एवं धुलो मैलालाई कुनै प्रवाह नगरी जाँचकीद्वारा छिटोभन्दा छिटो परीक्षण भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । चीनबाट आयात भएका सामग्री कन्टेनरबाट पूरै बाहिर निकाली परीक्षण गर्ने गरेको र नीति, नियमले परिभाषित गरेबमोजिम नियमानुसार शुल्कवापतको राजस्व असुली हुँदै आएको छ ।

व्यापारीले बडादसैँलाई केन्द्रित गरी स्याउका साथै तयारी पोशाक, जुत्ता चप्पलजस्ता सामग्री आयात गराइरहेका छन् ।
व्यवसायीले आयात गराएका सामग्री छिटोछरितो बजारमा पुगोस् र आम उपभोक्तालाई दसैँका अवसरमा खरिद गर्न सहज होस् भन्ने अभिप्रायले कार्यालयका तर्फबाट गर्नुपर्ने भन्सार प्रक्रिया छिटोछरितो भइरहेको कर्मचारीले बताएका छन् । चीनबाट आयात भएका सामग्रीबाट भन्सार शुल्कवापत गत साउनदेखि हालसम्म रु एक अर्ब ७८ करोडभन्दा बढी राजस्व असुली भइसकेको र दैनिकरूपमा राजस्व असुली बढ्ने क्रम जारी रहेको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए ।

रसुवागढीको मितेरी पुलबाट दैनिकरूपमा नौवटा कन्टेनर व्यावसायिक सामग्री नेपाल भित्रने गरेका छन् । कोरोना नियन्त्रणका लागि रसुवागढी नाकाबाट सामान पल्टी गर्दा क्वारेन्टिनमा बसेका कामदार तथा चालकले काम गर्न पाउने व्यवस्था मिलाइएको भन्सार कार्यालयले जनाएको छ । उनीहरूको अनुगमन तथा रेखदेख नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरिरहेको तथा चीनबाट आयात भएका सामग्री पल्टी गर्दा पिपिइ लगाई स्वास्थ्यको मापदण्ड पालना गर्दै आएको बताइएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com