Home बुलेट न्युज जलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौंका सब-इञ्जिनियर २ लाख घुससहित पक्राउ

जलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौंका सब-इञ्जिनियर २ लाख घुससहित पक्राउ

by ईलालटिन
0 comment

काठमाडौं ।  जलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौंका सब-इञ्जिनियर घुस रकमसहित पक्राउ परेका छन्। मंगलबार डिभिजन कार्यालयका सब-इञ्जिनियरलाई अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका वडा नम्बर १ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ३ बालकोट बस्ने दिपेन्द्रकुमार केसी छन्।

उनी पाँचौं तहका सब इञ्जिनियर हुन्। त्यस कार्यालयमा उनी २०७३ साल पुस २९ गतेदेखि कार्यरत थिए। बुढानिलकण्ठ नगरपालिकास्थित खहरे खोला नियन्त्रणको लागि २० मिटर लम्बाइको कल्भर्ट निर्माणको ठेक्का सम्झौता भएको थियो। त्यो काम कसेर अन्तिम बिल भुक्तानी गर्न बसुन्धरास्थित कार्यालय जाँदा जाहेरवालासँग सब-इञ्जिनियर केसीले ठेक्का सम्झौता आठ प्रतिशतले दुई लाख रूपैयाँ माग गरेका थिए।

सो माग गरेको जाहेरीपछि अख्तियारबाट खटिएको टोलीले बसुन्धारास्थित कार्यालयबाट उनलाई घुस रकमसहित पक्राउ गरेको हो। -उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com