Home समाचार सिके राउत नेतृत्वको जनमत पार्टीले अख्तियारको बर्दिवास कार्यालय घेराउ गर्ने

सिके राउत नेतृत्वको जनमत पार्टीले अख्तियारको बर्दिवास कार्यालय घेराउ गर्ने

by ईलालटिन
0 comment

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश नम्बर २ मा भ्रष्टाचार बढेको भन्दै आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयमा घेराउ गर्ने भएको छ।बुधबार मध्यान्ह १२ बजे अख्तियारको महोत्तरीस्थित बर्दिवास कार्यालयमा घेराउ तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको अध्यक्ष राउतको सचिवालयले जानकारी दिएको छ।

प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि मन्त्रालयहरू, जनकपुर महानगरलगायतमा भ्रष्टाचार बढे पनि अख्तियारले चासो नदेखाएको भन्दै जनमत पार्टीले कार्यालय घेराउन गर्न लागेको हो। भ्रष्टाचार भएकोबारे अख्तियारमा जानकारी रहेको, फाइल तयार अवस्थामा हुने तर राजनीतिक दवावका आधारमा मुद्दा दर्ता गर्न पछि हटेको विरोधमा ज्ञापन पत्र बुझाउने तयारी जनमत पार्टीको छ।

प्रदेश नम्बर २ मा भ्रष्टाचार बढे पनि अख्तियारले काम नगरेको र जनताप्रति उत्तरदायी नभएकोले ज्ञापन पत्र बुझाउन लागिएको जनमत पार्टीका महासचिव चन्दनकुमार सिंहले सेतोपाटीलाई बताए। प्रदेश २ मा भ्रष्टाचार बढेको कुरा आएका छन्। अख्तियारले खासै चासो देखाएन, त्यसैले ध्यानाकर्षण गराउन आज बर्दिवास कार्यालयमा पार्टीका साथीहरू पुगेर ज्ञापन पत्र बुझाउनुहुन्छ,’ महासचिव सिंहले भने। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com