Home समाचार निष्पक्ष अनुसन्धानमा प्रहरीले सम्झौता गर्दैन भन्ने मेरो विश्वास छ : प्रधानमन्त्री

निष्पक्ष अनुसन्धानमा प्रहरीले सम्झौता गर्दैन भन्ने मेरो विश्वास छ : प्रधानमन्त्री

by ईलालटिन
0 comment

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष अनुसन्धानमा प्रहरीले सम्झौता नगर्नेमा आफ्नो विश्वास रहेको बताएका छन् । ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्रीले भने, ‘निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिनुको साथै दण्डहीनता अन्त्य गर्दछ ।’

अपराधका नयाँ शैलीप्रति प्रहरी चनाखो हुन जरुरी रहेको भन्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीमा संक्रमण फैलिन नदिन प्रहरीले गरेको योगदानको प्रशंसा गरेका छन् । उनले भने–‘कोरोना महामारीको यस घडीमा संक्रमण फैलिन नदिन प्रहरी कर्मचारीले अनवरत रुपमा गरेको योगदानको उच्च प्रशंसा गर्न चाहन्छु । कार्यक्रमलाई संवोधन गर्दै देउवाले भने, ‘प्रहरी कर्मचारीहरु परिस्थितिको पर्वाह नगरी अझै उच्च मनोबलका साथ कार्यसम्पादनका खटिने विश्वास लिएको छु ।’ प्रधानमन्त्रीले सरकार अमर प्रहरीका परिवारको साथमा रहेको बताएका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com