Home समाचार प्रदेश २ मा लोसपाले संसदीय दलको नेता चयन गर्ने, सोनलको नाम अग्रस्थानमा

प्रदेश २ मा लोसपाले संसदीय दलको नेता चयन गर्ने, सोनलको नाम अग्रस्थानमा

by ईलालटिन
0 comment

धनुषा ।  प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संसदीय दलको बैठक बस्ने भएको छ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएर गठन भएको लोसपाको संसदीय दलको बैठक आइतबार दिउसो २ बजे जनकपुरधाममा हुने प्रदेश सांसद परमेश्वर साहले जानकारी दिए ।

संसदीय दलको बैठक लोसपाका अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा दलको नेता चयन गर्ने आन्तरिक तयारी रहेको प्रदेश सांसद साहले बताए । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ को सरकारमा सहभागी हुँदा संसदीय दलको नेतामा जितेन्द्र सोनललाई अघि सारिए पनि दलको नेता थिए । तर सोनलकै नेतृत्वमा प्रदेश सरकारमा सहभागी भएको थियो ।  अहिले जसपाबाट लोसपा गठन भएपछि संसदीय दलका नेतामा जितेन्द्र सोनललाई चयन गर्ने लोसपाको तयारी रहेको स्रोतले जानकारी दिए ।

लोसपामा संसदीय दलका नेता बन्ने आकाङ्क्षीहरू पनि छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि जसपाबाट अलग भएर महन्थ ठाकुरको नेतृत्वमा लोसपा गठन गरिएको छ । निर्वाचन आयोगले नयाँ दल रोज्न दिएको भदौ २२ सम्मको अवधिभित्र जसपाका ५५ मध्ये १६ प्रदेश सांसदले लोसपा रोजेका थिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com