Home विशेष राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै सरकारलाई बजेट खर्च गर्ने खुल्यो बाटो

राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै सरकारलाई बजेट खर्च गर्ने खुल्यो बाटो

by ईलालटिन
0 comment

काठमाडौं । सरकारलाई बजेट खर्च गर्ने बाटो खुलेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक प्रमाणीकरण गरेसँगै सरकारलाई बजेट खर्च गर्ने बाटो खुलेको हो। राष्ट्रपति कार्यालयले विज्ञप्ति प्रकाशित गरेर विधेयक प्रमाणीकरण भएको जनाएको छ।

आजै राष्ट्रिय सभाले बजेट पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाएको थियो। सभामुख अग्नी सापकोटाले विधेयक प्रमाणीकरणका लागि आजै राष्ट्रपति कार्यालय पठाएका थिए। सरकारले प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच बजेट अघि बढाएको थियो। बजेट पारित नहुँदा असोज १ गतेदेखि सरकारले बजेट खर्च गर्न पाएको थिएन। त्यस्तै, प्रधानमन्त्रीदेखि कर्मचारीसम्मको तलबभत्ता रोकिएको थियो। प्रतिनिधि सभाले असोज ४ गते बजेट पारित गरेको थियो। राष्ट्रिय सभाले भने आजमात्रै उक्त बजेट पारित गरेको हो।

बजेटका अन्य दुई पूरक विधेयक अझै पारित हुन बाँकी छ। करका दरसम्बन्धी व्यहोरा उल्लेख भएको आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाले पारित गरिसकेको छ। तर राष्ट्रिय सभाबाट उक्त विधेयक पारित- हुन बाँकी छ। यी विधेयक राष्ट्रिय सभाको असोज ८ गते शुक्रबारको बैठकमा पेश हुँदैछन्। यद्यपि पुरक विधेयक पास हुन ढिला भए पनि सरकारलाई कर उठाउन समस्या छैन। सामयिक कर असुली ऐन अनुसार सरकारले अहिले राजश्व उठाइरहेको छ। यी विधेयक केही दिनभित्रै राष्ट्रपतिबाट प्रमाणीकरण गराउने गरी सरकारले तीव्रता दिइरहेको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com