Home बुलेट न्युज थपिने क्रम जारी १ हजार १ सय ११ कोरोना सङ्क्रमितसँगै कुल ३५ हजार ५२९

थपिने क्रम जारी १ हजार १ सय ११ कोरोना सङ्क्रमितसँगै कुल ३५ हजार ५२९

by ईलालटिन
0 comment

काठमाडौँ,उपेश महर्जन नेपालमा एक हजार १११ काेराेना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ६२९ जनाको आरटी पीसीआर परीक्षणबाट आएको नतिजाबमोजिम  एक हजार १११ जनामा सङ्क्रमण पुष्टि भएको हाे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३५ हजार ५२९ पुगेको जनाएको छ ।

थप ३३४ महिला र ७७७ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १५ हजार २७३ रहेका छन् । होम आइसोलेसनमा छहजार २१० र संस्थागत आइसोलेसनमा नौ हजार ६३ रहेका छन् ।

आइसीयूमा १४९ जना

प्रदेश १ मा ११, प्रदेश २ मा ४४, बागमतीमा ७३, गण्डकीमा तीन, प्रदेश ५ मा १८ रहेका छन् । कर्णाली र सुदूरपश्चिममा कोही पनि आइसीयूमा रहेका छैनन् ।

भेन्टिलेटरमा १७ जना

भेन्टिलेटरमा १७ जनाकाे उपचार भइरहेकाे छ । प्रदेश १ मा दुई र बागमती प्रदेशका १५ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएका छन् ।

डिस्चार्ज २० हजार ७३, निको हुने दर ५६ प्रतिशत

पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशतमा झरेको छ । कुल डिस्चार्ज भएकाहरू २० हजार ७३ पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश नेपाली क्वारेन्टिनमा बसेको छन् । यसरी बस्ने सङ्ख्या नौहजार ४८६ रहेका छन् ।

नौवटा जिल्ला पाँच सयभन्दा माथि

मोरङ, धुनषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, रौतहट, काठमाडौँ, ललितपुर जिल्लामा पाँचसय भन्दा बढी सङ्क्रमित रहेका छन् ।

सङ्क्रमित शुन्य भएका जिल्ला

नेपालमा दुईवटा जिल्लाहरू सङ्क्रमित शून्य रहेका छन् । मुस्ताङ र हुम्ला मात्र अहिले सङ्क्रमित शून्य भएका छन् ।

आठ जनाको मृत्यु

नेपालमा २४ घण्टामा सङ्क्रमित पाँच महिलासहित आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने १८३ पुगेको छ । नेपालमा कुल सङ्क्रमितको अनुपातमा मृत्यु हुने प्रतिशत शून्य दशमलब ५२ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com