Home बुलेट न्युज बागलुङ प्रहरीको एक्सन_निषेधाज्ञा उल्लङ्घन गर्नेलाई ठाउँको ठाउँ कारबाही, सडकमै कुखुरा

बागलुङ प्रहरीको एक्सन_निषेधाज्ञा उल्लङ्घन गर्नेलाई ठाउँको ठाउँ कारबाही, सडकमै कुखुरा

by ईलालटिन
0 comment

बागलुङ,नवीन शिशिर विक । कोरोना सङ्क्रमण रोकथाम तथा कन्ट्याक्ट टेसिङलाई सहज बनाउन बागलुङ नगरपालिकामा जारी निषेधाज्ञा उल्लङ्घन गर्नेलाई जिल्ला प्रशासन कार्यालय, बागलुङले ठाउँको ठाउँ कारबाही गर्न थालेको छ ।

निषेधाज्ञाको नियम पालना नगरी मास्कको प्रयोग नगरी बिना काममा लखरलखर हिँड्नेलाई जिल्ला प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले सडकमै कारबाही स्वरुपमा कुखुरा बन्न लगाउने तथा उठबस गरी सम्झाईबुझाई छोड्न थालेको हो ।-

प्रशासनले बिहीबार मात्र दुईवटा चार पाङग्रे सवारी, छवटा पसल तथा २१ जनालाई कारबाही गरेको सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । समुदायमा कोरोना सङ्क्रमण दैनिक देखिन थालेका छन्’ उहाँले भन्नुभयो,  ‘सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड पालना प्रहरीलाई गरिदिने जस्तो गरेका छन् ।’

प्रशासनले तोकेको समय सीमाभन्दा बढी समय पसल खोलेर भिडभाड गर्नेलाई पनि कारबाहीको दायरामा ल्याउने उहाँको भनाइ छ । प्रहरीले यसअघि ४० वटा सवारी नियन्त्रणमा लिएर प्रहरी परिसरमै राखेको छ । निषेधाज्ञाको अन्त्य भएपछि जरिवाना गरेर मात्रा सवारी फिर्ता दिइनेछ ।

सबैको सहयोग र सचेतनाले मात्र महामारी जित्न सकिन्छ’ सूचना अधिकारी पन्तले भन्नुभयो, ‘कडा भएन भनेर प्रशासनलाई गाली गर्नेहरूले नै निषेधाज्ञाको उल्लङ्घन गरेका छन् । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले दैनिक रुपमा बजारमा गस्ती थाल्नुभएको छ ।

बिहीबार विशेष गरी बागलुङ प्रवेशद्वार मालढुङ्गा, कालिका मन्दिर परिसर तथा बागलुङ–पर्वत जोड्न् लामो झोलुङ्गे पुल क्षेत्रमा अनुगमन गरिएको छ । अनुगमनको क्रममा मास्कबिना हिँड्ने युवा, सवारी चालकलाई सडकमै कुखुरा बन्न लगाएर आगामी दिनमा निषेधाज्ञा नियमको पालना गर्ने कबुलका साथ छोडिएको थियो । बजारको नियमित अनुगमन तथा कारबाही जारी रहने सूचना अधिकारी पन्तको भनाइ छ ।

फाटोः पत्रकार राजेशचन्द्र राजभण्डारीको फेसबुक वालबाट

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com