Home विशेष आईतबार देखि पर्वतको लुंखुदेउराली हुवास सडक अबरुद्ध

आईतबार देखि पर्वतको लुंखुदेउराली हुवास सडक अबरुद्ध

by ईलालटिन
0 comment

पर्वत । निरन्तर परेको बर्षाका कारण दक्षिण पर्वतका बिभिन्न पालिकालाई सदरमुकाम संग जोड्ने सडक आइतबार देखि अवरुद्ध बनेको छ। जिल्लाकोे पैयू गाउँपालिका जोड्ने मुख्य लुंखुदेउरालि हुवास सडक अवरुद्ध भएको हो ।

पैयू गाउँपालिका वडा नं ७ भोर्लै स्थित सेराखोलामा पहिरो खसेर लुंखु देउरालि हुवास सडक अबरुद्ध भएको प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिएका छन् । पैयू गाउँपालिकाको हुवास सदरमुकाम कुस्मा सम्म आवातजावत गर्नै र स्थानियबासी गाउँपालिको केन्द्र सम्म जाने उक्त सडक अबरुद्ध हुदाँ समस्या भएको विकले बताए ।सेराखोलामा निर्माधिन पुल माथिको सडक भत्किएको छ भने सडकमाथि ठुलो पहिरो खसेको छ ।

पहिरो माथिल्लो भागमा रहेको बस्ती पनि जोखिममा रहेको छ । वर्षा भैरहेको हुनाले जोखिम रहेको छ । जोखिममा रहेका बस्तीका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको इलाका प्रहरी कार्यालय हुवासले जनाएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com