Home समाचार पहिरोका कारण रिडी–तम्घास, रुद्रवेणी र बुटवल –तानसेन सडक अवरुद्ध

पहिरोका कारण रिडी–तम्घास, रुद्रवेणी र बुटवल –तानसेन सडक अवरुद्ध

by ईलालटिन
0 comment

गुल्मी । अविरल बर्षाका कारण आएको पहिरोले आइतबार विहानदेखि गुल्मीको रिडी–तम्घास सडक र रिडी रुद्रवेणी सडक अवरुद्ध भएको छ ।  रिडी–तम्घास सडक खण्डको खनियाँरुखामा पहिरो गई अवरुद्ध भएको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार रिडी– रुद्रेवेणी सडक पनि साँघुरोमा पहिरो गई अवरुद्ध भएको छ ।

त्यस्तै, पहिरोले गोठ पुरिँदा धुर्कोट गाउँपालिका र मुसिकोट नगरपालिकामा विभिन्न ठाउँमा पशु, चौपायाहरू पुरिएका छन् । पुरिएका चौपायाहरूको उद्धार गरिएको छ ।  त्यस्तै,  सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल –तानसेन सडक खण्डमा पनि ठाउँ–ठाउँमा पहिरो गई अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ ।  रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com