Home विशेष कर्तव्य ज्यान मुद्दाका फरार व्यक्ति पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार व्यक्ति पक्राउ

by ईलालटिन
0 comment

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले कर्तव्य ज्यान मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पैयूँ गाउँपालिका –७ बस्ने ४४ वर्षीय ख्याम बहादुर रानालाई स्याङ्जा जिल्ला अदालतले फैसला सुनाएको पाँच वर्षपछि शुक्रवार पक्राउ गरेको हो ।

उनी विरुद्ध कर्तव्य ज्यान मुद्दा शीर्षकमा मुद्दा दर्ता भई स्याङ्जा जिल्ला अदालतको २०७३ साल साउन २० गतेको फैसलाले एक वर्ष कैद सजाय तोकेको थियो । अदालतको फैसला पछि फरार रहेका रानालाई प्रहरी खोजी गरिरहेको थियो । विशेष सूचनाका आधारमा पर्वत प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

पक्राउ परेका रानालाई आइतबार नै पर्वत जिल्ला अदालतमा पेस गरिएको र अदालतबाट उनलाई तोकिएको कैद सजाय भुक्तानीको लागि सोही दिन नै पर्वत कारागार चलान गरिएको निरीक्षक अधिकारीले बताए ।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com