Home समाचार झन्डै साढे २ महिनापछि स्वदेश फर्किँदै झलनाथ खनाल

झन्डै साढे २ महिनापछि स्वदेश फर्किँदै झलनाथ खनाल

by ईलालटिन
0 comment

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नवगठित नेकपा (एकीकृत समाजवादी)का बरिष्ठ नेता झलनाथ खनाल सोमबार स्वदेश फर्किने भएका छन्। गत असार २ गते उपचारका लागि भारतको नयाँदिल्ली गएका खनाल सोमबार दिउँसो काठमाडौं आइपुग्ने उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

‘उहाँको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि स्वदेश फर्कन लाग्नुभएको हो,’ भट्टराईले भने। नयाँदिल्लीमा खनालको मिर्गौला प्रत्यारोपण गरिएको थियो। सुरूमा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको हो।

खनाल दिल्ली जाने बेलामा नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको थियो। जाने दिन विज्ञप्ति जारी गर्दै खनालले पार्टी एकताका लागि आह्वान गरेका थिए। पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच विवाद चुलिएर एमाले विभाजनको अवस्थामा पुगेको थियो। एमाले विभाजनमा खनाल नेपालतिर गएका थिए। नयाँदिल्लीबाटै उनले नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा राजदूतावासमार्फत् सनाखत गरेका थिए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com