Home विशेष कुवेतमै अस्ताइन कुश्माकी पुतली !

कुवेतमै अस्ताइन कुश्माकी पुतली !

by ईलालटिन
0 comment

कुश्मा । रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ। कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो।

परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्युु भएको नेपाली दुतावासले जनाएको छ। उनको मृत्युको कारण खुलेको छैन। नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले दिएको जानकारीअनुसार परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासमा आएको छ।

राहदानी नं १०३०९३१७ की परियारको अभिलेख हेर्दा उहाँले सन् २०१४ मा साउदी अरबका लागि श्रम स्वीकृति लिएको देखिएको छ। बयालीस वर्षीया पुतली अहिले अवैधानिकरूपमै कुवेतमा काम गर्दै आएको दूतावासले जनाएको छ।

दूतावासमा परियारको मृत्यु प्रमाणपत्र भने आइसकेको छैन। पुतलीका आफन्तलाई कानुनी प्रक्रियालगायतमा सहजीकरणका लागि नेपाली राजदूतावासको सम्पर्कमा आउन आग्रह गरिएको छ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com