Home समाचार डोरीले बाँधेर युवा कुट्ने जाजरकोटको जुनीचाँदेका वडाध्यक्ष ५ हजार धरौटीमा छुटे

डोरीले बाँधेर युवा कुट्ने जाजरकोटको जुनीचाँदेका वडाध्यक्ष ५ हजार धरौटीमा छुटे

by ईलालटिन
0 comment

सुर्खेत । डोरीले बाँधेर युवकलाई कुट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिकाका–२ का वडाअध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन्। उनलाई पाँच हजार रुपैयाँ धरौटीमा छोडिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । नेपालीले साउन १५ गते स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनले युवकलाई कुटपिट गरेको भिडियो सर्वत्र सामाजिक सञ्जालमा भाइरल भएको थियो भने वडाअध्यक्ष नेपालीको चर्को आलोचना समेत भएको थियो । त्यही आधारमा प्रहरीले साउन २१ गते पक्राउ गरेर सदरमुकाम खलङ्गा पु¥याएको थियो । पीडित भनिएका सर्पे नेपालीले दिएको बयानका आधारमा अध्यक्ष नेपालीलाई धरौटीमा छोडिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए । पीडित सर्पेले वडाअध्यक्षको गल्ती नभएको, बरु मलाई जेल हाल, वडाअध्यक्ष ज्यूलाई थुन्न पाइँदैन भनेर अनौठो बयान दिएका थिए। यता स्थानीयले त झन वडाअध्यक्षको पक्षमा नारा जुलुस समेत गरेका थिए । नेपालीलाई आगामी भदौ १६ गते बकपत्र गर्न आउने सर्तमा छोडिएको हो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com