Home समाचार महाधिवेशनका नाममा मनपरी निर्णय नगर्न केन्द्रीय समितिलाई महरको आग्रह

महाधिवेशनका नाममा मनपरी निर्णय नगर्न केन्द्रीय समितिलाई महरको आग्रह

by ईलालटिन
0 comment

काठमाडौं ।  नेपाली काँग्रेसका नेता नैनसिंह महरले वैधानिक समय सीमाभित्र महाधिवेशन गराउन युवाहरुले नेतृत्वलाई दबाब दिने वेला आएको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा सञ्जालले आयोजना गरेको भर्चुअल कार्यक्रम युवा नेता महरले विहीबार बस्न लागेको महाधिवेशन केन्द्रित केन्द्रीय कार्यसमितिको बैठकलाई ९ लाख सक्रिय कार्यकर्ता चाहना विरुद्ध गएर मनपरी नगर्न आग्रह गरेका हुन् ।केन्द्रीय समिति मात्रै सम्पूर्ण काँग्रेस नभएकाले ९ लाख सक्रिय नेता कार्यकर्ताको हित प्रतिकुल हुने गरि निर्णय नगर्न नेता महरको आग्रह छ ।केन्द्रीय समितिले आफ्नो साढे ५ वर्षको कार्यकाल गुट–उपगुट र भागबण्डामा समय गुजारेकाले पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न अप्ठ्यारो भइरहेको महरको भनाइ छ ।नेविसंघको पूर्व अध्यक्ष समेत रहेका उनले महाधिवेशन फास्ट ट्रयाकबाटै भएपनि समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । कुल जनसंख्याको ४० प्रतिशत बढी युवा हुनु मुलुकका लागि राम्रो कुरा भएको बताउँदै अब राजनीतिक दल र राज्यका हरेक ठाउँमा युवाको हस्तक्षेपकारी भूमिका हुनुपर्ने महरले बताए ।यस्तै उनले कोरोना महामारीका कारण रोजगारीका लागि विदेशीयका ४ लाख ५२ हजार बढी नेपाली स्वदेश फिर्ता भएको र स्वदेशमै पनि ३५ लाख बढीले रोजगारी गुमाउँदाको प्रभाव बहुसंख्यक युवा परेको उनले बताए । उनीहरुको उचित व्यवस्थापन गर्नुपर्ने महरको माग छ । यस्तै कोरोनाको तेस्रो लहरको उच्च जोखिममा बालबालिका रहेकाले उनीहरुलाई जोगाउनका लागि गम्भीर भएर लाग्न सरकारलाई महरले सुझाए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com