काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रक्रियाविपरीत गरिएको समायोजन र वितरण गरिएको क्रियाशील सदस्यता खारेज गर्नुपर्ने बताएका छन् । उनले तल्लो तहबाट विधान र प्रक्रियागत ढंगबाट आएका, छानबिन समितिले मापदण्ड बनाएर गरिएको निर्णय बाहेक पार्टी केन्द्रबाट विधिविपरीत थपिएको क्रियाशील सदस्यता खारेज नभएसम्म पार्टीको महाधिवेशनमा जान नसकिने बताएका हुन् ।
‘तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका, छानविन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधि बिपरित थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रकृया नपुर्याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्न’ उनले ट्वीटरमा लेखेका छन् ।