Home समाचार अल्पमतमा परेपछि लुम्बिनीमा एमालेले गर्‍यो प्रदेश सभा बैठक बहिष्कार गर्ने संकेत

अल्पमतमा परेपछि लुम्बिनीमा एमालेले गर्‍यो प्रदेश सभा बैठक बहिष्कार गर्ने संकेत

by ईलालटिन
0 comment

बुटवल  ।  सत्तारूढ नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक बहिष्कार गर्ने संकेत गरेको छ। मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दर्ता अविश्वास प्रस्तावबारे आज दिउँसो १ बजे प्रदेश सभामा छलफल हुँदैछ। आज बिहान बसेको एमाले संसदीय दलको बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै एमाले संसददीय दलका सचेतक भूमिश्वर ढकालले कानुनविपरीत बोलाइएको प्रदेश सभा बैठकमा आफूहरू सहभागी हुन नसक्ने बताए। प्रदेशसभा सचिवालयले कार्यव्यवस्था समितिको बैठकसमेत नराखेको उनले बताए। सचिवालयले विगतमा बैठक राख्नुअघि नै बैठकका सूचीबारे कार्यब्यवस्था समितमा छलफल गर्ने गरेको थियो। तर यसपटक सभामुखले बलमिच्याइँ गरेको ढकालले आरोप लगाए।मुख्यमन्त्री निवासमा बसेको संसदीय दलको बैठकले सरकार र सदनको प्रक्रियाका सन्दर्भमा निर्णय गर्ने अधिकार मुख्यमन्त्री पोखरेललाई दिएको छ। सचेत ढकालका अनुसार अबको राजनितीक अवस्थाको विश्लेषण गरेर निर्णय लिन सक्ने अधिकार मुख्यमन्त्रीलाई दिइएको हो। लुम्बिनीमा एमालेका पक्षमा ३८ सांसद छन् भने विपक्षमा सभामुखसहित ४२ जना छन्। यहाँ बहुमत पुग्न ४१ सांसद भए पुग्छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com