Home समाचार पार्टीलाई संकटमा जान नदिन भदौमै महाधिवेशन गर्न कांग्रेसका जिल्ला सभापतिहरूको माग

पार्टीलाई संकटमा जान नदिन भदौमै महाधिवेशन गर्न कांग्रेसका जिल्ला सभापतिहरूको माग

by ईलालटिन
0 comment

काठमाडौं । काठमाडौंमा भेला भएका नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले भदौमै पार्टीको महाधिवेशन गर्न माग गरेका छन्। भदौ २३ पछि सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद सकिने भएकोले त्यसअगावै पार्टीको १४ औं महाधिवेशन गरी संकट टार्न जिल्ला सभापतिहरूले ध्यानाकर्षण गराएका छन्। काठमाडौंको ठमेलस्थित होटल यात्रीमा सोमबार र मंगलबार जिल्ला सभापतिहरू भेला भएका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको भेलाले समयमै महाधिवेशन गर्न जोड दिएको छ। भेलामा ३८ जना जिल्ला सभापतिहरू भौतिक रूपमा र १३ जना जिल्ला सभापतिहरू भर्चुअल रूपमा सहभागिता जनाएका थिए। नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीले समयमै महाधिवेशन गर्न नेतृत्वलाई सुझाव र दवाव दिइएको बताए। ‘जसरी हुन्छ पार्टीलाई संवैधानिक रूपमा संकटमा जान दिनु भएन। तोकिएकै समयभित्र महाधिवेशन गरौं,’ उनले भने, ‘क्रियाशीललगायत केही विवाद छन् भने हल गरिहालौं, ढिला नगरौं।’

विवादित ठाउँमा १३ औं महाधिवेशनकै बेलाका क्रियाशीलबाट वडा अधिवेशन गर्ने विकल्प रहेको पनि जिल्ला सभापतिहरूको भनाइ थियो।कांग्रेस काभ्रे सभापति मधु आचार्यले क्रियाशीललगायत विवाद देखाएर महाधिवेशन सार्न नमिल्ने बताए। भेला समापन समारोहमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू मिनेन्द्र रिजाल, सुजाता कोइराला, शेखर कोइराला, गगन थापालगायत नेताहरू पनि पुगेका थिए।उनीहरूले प्रक्रिया छोट्याएर भए पनि भदौ १६ मै महाधिवेशन गर्ने गरी नेतृत्व अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। यसअगाडि बसेको पौडेल पक्षको केन्द्रीय समिति बैठकले पनि भदौ १६ मै महाधिवेश गर्नुपर्नेमा जोड दिएको थियो।पौडेलले महाधिवेशन नगरेर कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने अवस्थामा पुर्‍याइएको भन्दै सभापति देउवाको आलोचना गर्दै आएका छन्। भदौ २३ पछि अहिलेको केन्द्रीय समितिलाई स्वीकार गर्न नसकिने चेतावनी उनको छ। कांग्रेस विधानअनुसार चार वर्षको अन्तरालमा महाधिवेशन हुनुपर्छ। तर देउवाले विधानअनुसार नै विशेष परिस्थितिका लागि एक वर्ष म्याद थपेका थिए। पछिल्लो समय उनले संविधानको सहारा लिएर छ महिना म्याद थपेका थिए जुन भदौ २३ मा सकिँदैछ।सभापति शेरबहादुर देउवाले महाधिवेशन कार्यतालिकालगायतबारे छलफल गर्न बिहीबार केन्द्रीय समिति बैठक राखेका छन्। उक्त बैठकले महाधिवेशनका तल्ला तहका अधिवेशनबारे नयाँ कार्यतालिका ल्याउने तयारी छ। कांग्रेसले ८ लाख ५२ हजार क्रियाशील सदस्य बनाएको छ। बारा, सप्तरीलगायत छ जिल्लाका विभिन्न क्षेत्रमा क्रियाशीलबारे विवाद छ। १३ औं महाधिवेशनमा ३३ क्षेत्रमा क्रियाशील विवाद हुँदा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन गराइएको थियो। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com