काठमाडौं । सत्तासीन नेपाली काँग्रेसका भ्रातृ संगठन नेपाल तरुण दलले देशव्यापी मास्क अभियान चलाउन जिल्ला अध्यक्षहरूलाई निर्देशन दिएको छ । बुधबार विहान तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले कोभिड–१९को विरुद्धमा देशभर मास्क प्रयोग अभियान चलाउन र कोरोना विरुद्धको खोप गलाउनको लागि सबैलाई प्रोत्साहनसहित जनचेतना फैलाउने जिल्ला कमिटीलाई निर्देशन दिएका हुन् । उनले खोप केन्द्र सम्म पुग्न नसकेका लक्षित वर्गलाई खोप केन्द्रसम्म पुग्न सहयोग गर्ने र खोप केन्द्रलाई व्यवस्थित र सहज बनाउन सम्बन्धित निकायसँग सहजीकरण गर्ने उनको निर्देशन छ । यस्तै तरुण दलले केही स्वास्थ्य संस्थामा लामो समयदेखि तोकिएको जोखिम भत्ता स्वास्थ्यकर्मीहरुले नपाएको भन्ने सुन्नमा आएकोले त्यसका लागि सम्बन्धित निकायसँग पहल गर्न भनेको छ ।
देशव्यापी मास्क अभियान चलाउन जिल्ला अध्यक्षहरूलाई तरूण दलको निर्देशन
96
previous post