110
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको सातौँ बैठक बस्दैछ । प्राधिकरणका अनुसार मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । बैठकमा विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदबाट विगतमा भएका निर्णयहरु र कार्यान्वयनका अवस्थाबारे छलफल हुनेछ । प्राधिकरणको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । रातोपाटी ।