Home समाचार लिफ्टमा खेल्न आएको भन्दै होटल व्यवसायीद्वारा बालकलाई निर्घात कुटपिट, ३ जना पक्राउ

लिफ्टमा खेल्न आएको भन्दै होटल व्यवसायीद्वारा बालकलाई निर्घात कुटपिट, ३ जना पक्राउ

by ईलालटिन
0 comment

धनुषा ।  होटलको लिफ्टमा खेल्न गएका बालकलाई निर्घात कुटपिट गरेको आरोपमा व्यवसायी अमरनाथ गुप्तासहित  ३ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ स्थित अमरनाथ गुप्ताको होटेल गायत्री कुञ्ज अतिथि सदनमा रहेको लिफ्टमा खेल्न गएका १३ वर्षीय बालकलाई उनले निर्घात कुटपिट गरेको जानकारी पाए लगत्तै धनुषा प्रहरीले व्यवसायी गुप्तासहित ३ जनालाई पक्राउ गरेको हो ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ बस्ने १३ वर्षीय बालक  लिफ्टमा खोल्न गएका बेला होटेल सञ्चालक अमरनाथ गुप्ताका २ कर्मचारीले लिफ्ट बन्द गरी मरणासन्न हुने गरी कुटपिट गरेको स्थानीयवासीको आरोप छ ।बालकलाई लिफ्टमा बन्द गरी कुटपिट गरेको अवस्थामा स्थानीयले देखेपछि ती बालकलाई जोगाउँदै तत्कालै स्थानीय जानकी प्रहरी चौकीलाई जानकारी गराएका थिए । होटलका सञ्चालक अमरनाथ गुप्ताकै निर्देशनमा कुटपिट गरिएको बालकका बुवा सञ्जय ठाकुरलाई समेत ती कर्मचारीहरूले कुटपिट गरेका थिए । कुटपिट गर्ने गायत्री कुञ्ज अतिथि सदनका सञ्चालक अमरनाथ गुप्ता, होटेलका कर्मचारी रहेका महोत्तरीको मनरा सिस्वा नगरपालिका बस्ने ३३ वर्षीय रामपुकार ठाकुर र ३८ वर्षीय  सुभाष कुमार साहलाई पक्राउ गरिएको धनुषाका प्रहरीनायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । कुटपिटबाट घाइते भएको बालकको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com