Home समाचार पश्चिम युरोपमा बाढीको विध्वंश : १५० को मृत्यु, सयौं बेपत्ता

पश्चिम युरोपमा बाढीको विध्वंश : १५० को मृत्यु, सयौं बेपत्ता

by ईलालटिन
0 comment

काठमाडौं  ।  पश्चिम युरोपमा आएको भीषण बाढीमा हालसम्म १५० भन्दा बढीको मृत्यु भएको छ । उद्धारकर्मीलाई मानिसहरु खोज्ने चुनौती छ । रेकर्डस्तरको वर्षापछि जर्मनी र बेल्जियममा आएको भीषण बाढीमा सयौं हराइरहेका छन् ।स्विटजरल्याउड, लग्जमबर्ग र नेदरल्याण्डमा पनि भारी वर्षा भएको छ ।नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटेले देशको दक्षिणी प्रान्तमा आपतकाल घोषणा गरेका छन् ।युरोपेली नेताले यो त्रासदीका लागि जलवायु परिवर्तनलाई जिम्मेवार बताएका छन् ।विशेषज्ञका अनुसार जलवायु परिवर्तनका कारण मूसलधारे वर्षाको सम्भावना बढ्दै गइरहेको छ ।औद्योगिक युगको सुरुवातपछि संसारभरीको तापक्रम हालसम्म १.२ डिग्री सेल्सियस बढेको छ ।जर्मनीका राष्ट्रपति फ्रेन्क वाल्टर स्टेनमायरले शनिबार बाढीबाट प्रभावित इलाकाको भ्रमण गरे ।जर्मनीमा हालसम्म सयभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ । वाल्टमायरले विध्वंस देखेर आफू हैरान भएको बताए ।  स्टेनमायरले भने, ‘पूरा इलाका बर्बादीको निशान हो । धेरैजसो मानिसहरुले आफ्नो जीवनभरीको कमाई गुमाएका छन् ।शुक्रबार भारी वर्षाका कारण पैदा भएको स्थितिका कारण उद्धारकार्य पनि प्रभावित भइरहेको छ ।फोन नेटवर्क टुटेको छ । सडक पूर्ण रुपमा क्षतीग्रस्त भएका छन् र एक लाखभन्दा बढी घरमा बिजुली छैन ।वर्षाले सबैभन्दा बढी प्रभावित उत्तरी प्रान्त भएको छ । राइन पेस्टफालिया, राइनल्याण्ड–पालाटिनेट र सारल्याण्ड नराम्रोसँग प्रभावित भएका छन् ।अधिकारीका नुसार राइनल्याण्ड–पालाटिनेटको अर्हवीलर जिल्लामा शुक्रबार १३ सयजना बेपत्ता भए ।यद्यपि, अधिकारीले यो आँकडा हरेक घण्टा कम भइरहेको बताए ।एक स्थानीय नागरिकले समाचार एजेनसी एएफपीलाई भने, ‘यहाँको दृश्य कुनै युद्धक्षेत्र जस्तै छ । पानीले गाडीहरुलाई बगाएको छ, भवन भत्किएका छन् । चौतर्फी बर्बादीको दृश्य छ ।’प्रान्तीय गृहमन्त्रीले स्थानीय मिडियासँगको कुराकानीमा मृतकको संख्या बढ्ने आशंका भएको बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com