Home समाचार पहिरोले सिलगढी–बझाङ जोड्ने सडक अवरुद्ध

पहिरोले सिलगढी–बझाङ जोड्ने सडक अवरुद्ध

by ईलालटिन
0 comment

डोटी  ।   तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो सडक अवरुद्ध भएपछि यातायात सञ्चालन गर्न समस्या हुनुका साथै नागरिकलाई जिल्ला सदरमुकाम सिलगढी आवतजावतमा समस्या भएको छ । पहिराले सडक अवरुद्ध गरेपछि बिरामीलाई जिल्ला अस्पताल लैजानदेखि गाउँमा अत्यावश्यक सामग्री ढुवानी गर्न समेत समस्या भएको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका मानबहादुर साउदले जानकारी दिए । यसैगरी उक्त पहिराले खानेपानीको मुहानका पाइपलाइन बगाएकाले सिलगढी बजारमा तीन दिनदेखि खानेपानीको हाहाकार भएको सिलगढी खानेपानी उपभोक्ता समितिका प्रमुख रामचन्द्र धामीले जानकारी दिए । उनका अनुसार पहिराले बगाएको खानेपानी मर्मतका लागि कर्मचारी खटिए पनि ठाउँ–ठाउँमा पहिरो गएकाले मर्मत गर्न सकिएको छैन । पहिरो पन्छाई अवरुद्ध सडक सञ्चालनका लागि कुनै पनि निकायबाट पहल नभएको भन्दै यहाँका नागरिक आक्रोशित बनेका अर्का स्थानीयवासी पहलसिंह साउदले जानकारी दिए । जिल्लामा अहिले पनि वर्षा भइरहेको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com