Home समाचार काठमाडौंको चौमतीबाट रेडपाण्डाको छालासहित २ जना पक्राउ

काठमाडौंको चौमतीबाट रेडपाण्डाको छालासहित २ जना पक्राउ

by ईलालटिन
0 comment

काठमाडौं । काठमाडौँ महानगरपालिका–१५ चौमतीस्थित विष्णुमति करिडोरबाट प्रहरीले रेडा पाण्डाको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा गाउँपालिका –५  घर भएका २४ वर्षीय उमेश बिसुन्के र दोलखा तामाकोशी गाउँपालिका–१ घर भएका २५ वर्षीय अर्जुन मगराति छन् । उनीहरुलाई रेड पाण्डाको छाला बेच्न हिँडेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए । प्रहरीले उनीहरुको साथबाट दुईवटा रेडपाण्डाको छाला बरामद गरेको छ । आरोपीहरुमाथि महानगरीय प्रहरी वृत स्वयम्भुले थप अनुसन्धान गरिरहेको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com